२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले ५० हजार दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ ।

उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले ५० हजार दिने

निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगानामा कात्तिक १५ गतेभित्र पठाइसक्नुपर्ने आयोगले जनाएको छ ।

प्राप्तमध्ये उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने आयोगले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?