३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

दुर्गालाल केसी

दाङ — दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका ११ र दंगीशरण गाउँपालिका २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दंगीशरण २ सिमलकुनाकी १५ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामाघरमा आएकी १४ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले बताए ।

अहिले प्रहरी र स्थानीयहरूको संयुक्त टोलीले बेपत्ता भएका दुवै जनाको खोजी गरिरहेको उनले बताए । दाङको तुलसीपुरमा नै गत असोज १७ गते ग्वार खोलामा डुबेर एक बालकको मृत्यु भएको थियो भने असोज १८ गते लमहीमा रहेको अर्जुन खोलामा दुई बालकको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?