१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

टिकट नपाउँदैमा पार्टी छाड्नेको पछाडि नलाग्नुस् : एमाले सचिव विश्वकर्मा

अमृता अनमोल

बुटवल — एमाले सचिव छविलाल विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाड्नेको पछाडि नलाग्न आग्रह गरेका छन् । आफ्नै ठेगान नहुनेले देश, जनता र अरु कार्यकर्ताको व्यवस्थापन गर्न नसक्ने उनको दाबी थियो । 

टिकट नपाउँदैमा पार्टी छाड्नेको पछाडि नलाग्नुस् : एमाले सचिव विश्वकर्मा

रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार विश्वकर्माले आफ्ना प्रतिस्पर्धी घनश्याम भुसालप्रति इंगित गर्दै लोकतन्त्रमा दलको विकल्प दल हुनसक्ने तर निर्दल नहुने बताए । ‘एकपटक टिकट नपाउँदैमा पार्टी छाड्ने र आफ्नै पार्टीको सरकारलाई गिराउनेले मुलुकलाई सही मार्गमा डोर्‍याउन सक्दैन,’ मंगलबार रुपन्देही क्षेत्र नं १ (२) निर्वाचन प्रसारप्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै विश्वकर्माले भने, ‘दलको विकल्प निर्दल कहिल्यै हुन सक्दैन ।’ लोकतन्त्रमा दलविहीनताको कल्पना गर्नेलाई नागरिकले चिन्नु पर्ने पनि उनले बताए ।

पूर्वमन्त्री विश्वकर्माले बुद्धमावली क्षेत्रको विकास र पहिचानमा बाँकी रहेका काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले विकास, समृद्धि र राष्ट्रियता रक्षाका लागि एमाले–राप्रपा–जसपा तालमेल भएको पनि स्पष्ट पारे ।


प्रकाशित : कार्तिक १, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?