कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — आइतबार बिहान उपचारका क्रममा निधन भएका वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । जोशीको शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ ।

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ललिपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखिने र त्यसपछि भने किस्ट अस्पताललाई बुझाउने तय भएको जानकारी दिइएको छ । उनलाई राष्ट्रिय सम्मान दिइने गृह मन्त्रालयले निर्णय गरिसकेको छ ।

प्रकाशित : आश्विन ३०, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?