२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जोशीको निधनले मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रदाञ्जली जनाएकी छन् । 

जोशीको निधनले मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रदाञ्जली व्यक्त गरेकी छन् । 'वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !,' राष्ट्रपतिले लेखेकी छन् ।

संस्कृतिविद् जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको १०३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गर्दै श्रदाञ्जली दिएका थिए ।

प्रकाशित : आश्विन ३०, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?