संस्कृतिविद् जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष  जोशीको निधनको खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताए ।

संस्कृतिविद् जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ ।’

प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीको आइतबार राति ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

छिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।

प्रकाशित : आश्विन ३०, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?