२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने सबै अर्थात् ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ ।

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो 

प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ भएको छ भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ भएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबार (असोज २९ गते)सम्म १७ लाख मतपत्र छपाइ भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

प्रकाशित : आश्विन २९, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?