संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, 'समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।' जोशीको उपचारका प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

अस्पतालका स्रोत अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै 'स्याचुरेन' (शरीरमा अक्सिजनको मात्रा) शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।

अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उनलाई ३० लिटर प्रतिमिनेटको दरमा अक्सिजन दिइएको जनाएको थियो । पछिल्लो विज्ञप्तिमा भने ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको जनाइएको छ ।


प्रकाशित : आश्विन २८, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?