एमाले प्रमुख सचेतक विशाल भट्टराईले पाँचौ पटक दिए उम्मेदवारी - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पाँचौ पटक दिए उम्मेदवारी 

डम्बरसिं राई

खोटाङ — एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार २ बजे उम्मेदवारी दिएका हुन् । भट्टराई खोटाङबाट योसहित पाँचौ पटक चुनाव लड्दै छन् ।


२०५६ र २०६४ मा हार खेपेका उनले २०७० र २०७४ मा विजयी भएका थिए । माओवादीसँग गठबन्धन भएको बेला २०७४ मा कांग्रेसकी सरस्वती बजिमयलाई १४ हजार मतान्तरले पराजित गरेका थिए । २०७० सालमा कांग्रेसकै विष्णुकुमार राईलाई ५ हजार मतको फरकले जितेका थिए । एमालेले प्रदेशसभा खोटाङ (क) मा पाचकर्ण राईले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा खोटाङ (ख) मा रामप्रसाद दंगालले उम्मेदवारी दिएका छन् । राप्रपाको तर्फबाट प्रतिनिधिसभामा सर्जु श्रेष्ठले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि जयन्द्रकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रकाशित : आश्विन २३, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं- १ बाट राप्रपाका मिश्रको मनोनयन दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । आइतबार उनले आफ्नो मनोनयन दर्ता गरेका हुन् । 

मिश्र यसअघि २०७४ को निर्वाचनमा काठमाडौं १ बाटै कांग्रेसका प्रकासमान सिंहसँग पराजित भएका थिए । यसपटक पनि कांग्रेस नेता सिंह सत्ता गठबन्धनबाट काठमाडौं १ मा उम्मेदवार बन्ने भएका छन् ।

विवेकशील साझा पार्टीका संस्थापक समेत रहेका मिश्र यही असोजमा आफू निकट समूहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गराएका थिए ।

प्रकाशित : आश्विन २३, २०७९ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×