कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेसबाट उद्योगपति विनोद चौधरीले पनि पाए टिकट

दिपेन्द्र बडुवाल

नवलपरासी — उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

कांग्रेसबाट उद्योगपति विनोद चौधरीले पनि पाए टिकट

यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् । यो क्षेत्रमा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी छ ।

०७४ मा एमालेको समर्थनमा चुनाव जितेका त्रिपाठी यसपटक पनि एमालेको समर्थन लिने प्रयासमा छन् ।

नेपालका एकमात्रै अर्वपति चौधरी र पाँच पटकसम्म चुनाव लड्दै आएका त्रिपाठीबीचको भीडन्त रोचक बन्ने देखिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा त्रिपाठीलाई कांग्रेसका सन्तु कलवारले पराजित गरेका थिए ।

प्रकाशित : आश्विन २३, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?