२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
सत्तारुढ गठबन्धन बैठक

आजै निर्वाचन क्षेत्र बाँडफाँट टुंगो लगाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक बालुवाटारमा बसिरहेको छ । 

आजै निर्वाचन क्षेत्र बाँडफाँट टुंगो लगाउने

शुक्रबार बिहानदेखि जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । बिहीबारसम्मको बैठकमा जसपा पनि सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।

लोसपाका नेता अनिल झाले सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल निश्चित हुने जानकारी दिए । कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले शुक्रबार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिमरुपमा दिन निर्णायक वार्ता भइरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरु सहभागी छन् ।

प्रकाशित : आश्विन २१, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?