२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले दसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ ।

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने परम्परा थियो ।

यस वर्ष आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए ।

प्रकाशित : आश्विन २१, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?