बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

सुवास विडारी

काठमाडौँ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा वडा नम्बर २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु भएकाहरु मध्ये हालसम्म ९ जनाको भने सनाखत भएको छ ।

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १२ जनाको हेटौंडा अस्पतालमा, २ जनाको चुरेहिल अस्पताल, एकजनाको मकवानपुर सहकारी र एकजनाको थप उपचारका लागी चितवन लगिएकोमा भरतपुरमा मृत्यु भएको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।

मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।

दुर्घटनामा परि ३२ जना घाइते भएकाम उनीहरुको हेटौंडा, चितवन र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार यात्रुको संख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।

प्रकाशित : आश्विन २०, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?