कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस असन्तुष्ट पक्षको भेला सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसको असन्तुष्ट पक्षको भेला सुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षका नेताहरू जम्मा भएका छन् ।

कांग्रेस असन्तुष्ट पक्षको भेला सुरु 

असन्तुष्ट पक्षका नेता बसन्तलाल तामाङका अनुसार सत्तारुढ गठबन्धनमा भइरहेको सिट बाँडफाँटलाई नै सन्देश दिनका लागि बैठक बोलाइएको हो । उनले भने, 'गठबन्धनको सिट बाँडफाँट सहज भएमा पार्टीभित्रको आन्तरिक सिट बाँडफाँट सहज हुनेछ ।' उनले गठबन्धनले पनि नेताहरूको व्यवस्थापन गर्ने गरी सिट बाँडफाँट गर्नुपर्ने र पार्टीमा पनि त्यसै आधारमा भागबन्डा हुनुपर्ने बताए ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका बेला कांग्रेसको असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताहरू भने बत्तीसपुलीमा भेला भएका हुन् ।

सिट बाँडफाँटका क्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई कमजोर पार्ने हुन् कि भन्ने भयले असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनेदेखि निरन्तर छुट्टै भेला आयोजना गरिरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?