बारा बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो [अपडेट]

(बारा) — बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा हालसम्म १५ जनाकJ मृत्यु भएको छ भने २० बढी गम्भीर घाइते छन् । मकवानपुरका ट्राफिक प्रहरी निरिक्षक मुनेन्द्र थापाले १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ महिला छन् ।

बारा बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो [अपडेट]

मकवानपुरका एसपी बामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटाैंडा लगिएको छ । उनका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरिक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको देखिएको उनले बताए ।

दुर्घटना भएको गाडी अवस्था । तस्बिर सौजन्य : शिव थापामगर

नारायणगढबाट पथलैयातर्फ आउँदै गरेकाे ०६-००१ ख ०११० नम्बरकाे बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ मा दुर्घटना भएकाे हाे ।

थप जानकारी प्राप्त हुँदै ।

प्रकाशित : आश्विन २०, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?