रौतहटमा जिपको ठक्करबाट युवकको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर ३ स्थित गैडाटार गाउँमा जिपको ठक्करबाट मंगलबार राती एक युवकको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्तले केहीबेर ईलाका प्रहरी कार्यालय अगाडी होहल्ला गरेका थिए । 

चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्रि सडक खण्डमा गैंडाटारबाट च.पुर आउँदै गरेको प्र.२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिदा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताए । ‘घटना लगत्तै जिप र चालकलाई नियन्त्रणमा लिएका छौ,’उनले भने,‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

जिपको ठक्करबाट घाईते थिङलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पताल ल्याएका थिए । तर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनायो । घटनाका पिडितका आफन्तले चालकको लापरबाही भनेका छन् । आफ्नै साईडमा हिडेका थिङलाई चालकको लापरबाहीले गलत दिशामा पुगेर ठक्कर दिएको मृतकका आफन्त रामलाल ठोकरले बताए

घटना पछि मृतकका आफन्तहरु ईलाका प्रहरी कार्यालय अगाडी भेला भई चालकलाई सार्वजनिक गर्न माग राखे । त्यस क्रममा केही बेर तनाव भएको थियो । उनीहरुले प्रहरी कार्यालय भित्र पसेर चालक पक्राउ परेको छ/छैन हेरेका थिए । डिएसपी जैसवारले पिकअप चालक चन्द्रपुर ६ तल्लोबजारका किशोर साह बानियालाई नियन्त्रणमा लिएको बताए । प्रहरीका अनुसार साह जिप मालिक हुन् । चालकलाई पछाडी राखेर साहले जिप चलाएका थिए । प्रहरीले यस बारे थप अनुसन्धान भईरहेको बतायो । पिडितका आफन्तले बुधाबर किटानी जाहेरी दिएका छन् ।

प्रकाशित : आश्विन १९, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?