१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दसैं सुरु भएयता १३८० जनालाई मापसे कारवाही

८९ हजार ४ सय ६१ सवारीबाट ७ लाख ५ हजार ६ सय ७२ जना उपत्यकाबाट बाहिरिएका
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको घटस्थापना सुरु भएयता असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १३८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार करिब एक सातामा यतिका संख्यामा मापसे गरेकाहरु कारवाहीमा पर्नु भनेको धेरै हो ।

दसैं सुरु भएयता १३८० जनालाई मापसे कारवाही

ट्राफिक प्रहरीका अनुसार यो एक सातामा २०० सवारी दुर्घटनामा परेका छन् भने ती दुर्घटनामा परेर १३३ सामान्य घाइते भएका छन् । साथै, ६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

यस्तै, ट्राफिक प्रहरीले मेकानिकल परीक्षण नगरी प्रयोगमा ल्याइएका ४०० सार्वजनिक सवारीलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । साथै, यात्रुलाई सास्ती दिने ५४ जना विचौलियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसका साथै ट्राफिक प्रहरीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा घटस्थापना सुरु भएयता ६१ हजार ६ सय ४६ सवारी साधनबाट ३ लाख ३ हजार ९ सय ६९ जना यात्रु भित्रिएका छन् । यस्तै ८९ हजार ४ सय ६१ सवारीबाट ७ लाख ५ हजार ६ सय ७२ जना बाहिरिएका छन् ।


प्रकाशित : आश्विन १८, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?