बन्दसूचीबाट आफ्नो नाम हटाउनका लागि कांग्रेस नेता यादवद्वारा आयोगलाई निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता चन्द्रमोहन यादवले पार्टीको प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगलाई निवेदन दिएका छन् ।

बन्दसूचीबाट आफ्नो नाम हटाउनका लागि कांग्रेस नेता यादवद्वारा आयोगलाई निवेदन

कांग्रेस नेता यादवले पार्टीले विधिविपरीत कायम गरेको आफ्नो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई आयोगमा पेस गरिएकाले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

सोमबार उक्त निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै उनले लेखेका छन्‚ ‘मैले प्रतिनिधिसभाको सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा पार्टीको निर्देशनअनुसार सामानुपातिकतर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधिविपर‍ीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छु ।’

आफ्नो उम्मेदवारी मधेसी समूहको क्रम संख्या नं. २ को सट्टा ३ मा राखिएको जानकारी आफूलाई प्राप्त भएको भन्दै उक्त वरीयतामा चित्त नबुझेकाले नाम फिर्ता लिनका लागि आयोगसमक्ष उनले निवेदन दिएका हुन् ।

प्रकाशित : आश्विन १७, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?