१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

माओवादीको बन्दसूचीबाट हट्यो महराको नाम‚ हितराज पाण्डेको थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ । माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीको बन्दसूचीबाट हट्यो महराको नाम‚ हितराज पाण्डेको थपियो

उनको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताए । ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि हितराज पाण्डेको नाम राखिएको गरिएको हो‚’ उनले भने । पाण्डे भने गण्डकीका हुन् ।

खस/आर्य पुरुषबाट उनको नाम पहिलो स्थान रहे पनि उनकै आग्रहमा उक्त सूचीबाट नाम हटाइएको ढकालले जनाए । प्रत्यक्षका लागि सिफारिस गरिए पनि उनी समानुपातिकतर्फ बसेका थिए ।

उनी यसअघि रोल्पा र दाङबाट प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका थिए । उनी पूर्वसभामुखसमेत हुन् ।

प्रकाशित : आश्विन १७, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?