कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवर्तन र संविधान जोगाउने हाम्रो चुनावी एजेन्डा : नेता पौडेल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधान रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन् ।

परिवर्तन र संविधान जोगाउने हाम्रो चुनावी एजेन्डा : नेता पौडेल 

पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अझै संकट कायम रहेको पनि बताए ।

पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन् । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायका लागि हामी डटिरहेका छौं । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृत्तिहरुलाई निरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।


प्रकाशित : आश्विन १७, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?