२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मनास्लुमा फेरि हिमपहिरो, एक बेपत्ता

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमपहिरोमा एक जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

मनास्लुमा फेरि हिमपहिरो, एक बेपत्ता

हिमपहिरोमा परी सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएको उनले बताए । उनको पहिचान खुल्न सकेको छैन ।

बेपत्ताको खोजीका लागि आइतबार दिउँसोदेखि नै सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको एसपी खनालले जानकारी दिए । आइतबार दिउँसो हेली एभरेस्टको हेलिकप्टरबाट केहीबेर बेपत्ताको खोजीको प्रयास भएको र पछि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो । पहिरोबाट १० जनाको उद्धार गरिएको थियो ।

प्रकाशित : आश्विन १६, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?