१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित : आश्विन १६, २०७९ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?