कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डेंगी नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगी नियन्त्रणप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् ।

डेंगी नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

शनिबार मन्त्री क्वार्टरमा स्वास्थ्यमन्त्री खापुङलाई भेटेर उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । नेविसंघले सरकारले डेंगी नियन्त्रणका लागि यथाशीघ्र छिटो उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गर्नुपर्ने, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगी परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगीलाई सरकारले चाँडोभन्दा चाँडो डेंगी प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्नेलगायत माग राखेको छ ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगी रोकथामका लागि सरकार लागिरहेको बताएका छन् । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिबार १० बजे १० मिनेट खोज र नष्ट गर भन्ने अभियान चलाएको र पानी जमेका ठाउँ र फोहोर भएका ठाउँहरू सफा गर्ने काममा सरकार लागेको बताए ।

उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिए पनि अपेक्षाअनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्टअनुसार बजारमा औषधि अभाव नरहेको दाबी गर्दै संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगी महामारी नपुगेको उल्लेख गरे ।

प्रकाशित : आश्विन १५, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?