कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनसुन ढिला बाहिरिने, दसैं हिलाम्मे हुन सक्ने

गोविन्द पोखरेल

काठमाडौँ — यस वर्षको दसैंमा वर्षा हुन सक्ने अनुमान गरिएको छ । सरदर मितिभन्दा ढिला गरी मनसुन बाहिरिने भएपछि मंगलबारदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार अक्टोबर २ तारिख मनसुन बाहिरिने औसत समय हो ।

मनसुन ढिला बाहिरिने, दसैं हिलाम्मे हुन सक्ने

मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन निकाल्दै नवमीको दिनदेखि नेपालका विभिन्न स्थानमा मनसुनी वर्षा सक्रिय हुने जनाएको छ ।

हाल बंगालको खाडीमा विकासित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएकाले नवमीको दिनदेखि नेपालमा उक्त प्रणालीको प्रभाव पर्ने देखिएको विभागका मौमसविद् सुर्दशन हुमागाईंले ईकान्तिपुरलाई बताए ।

‘मनसुन ढिला गरी बाहिरिने देखियो । अक्टोबर १ भइसक्यो मनसुनी वायु अझै सक्रिय छ,’ मौसमविद् हुमागाईंले भने, ‘मनसुनी प्रणाली भनेको हावाको प्रणाली हो । यो प्रणाली पूर्वबाट पश्चिमत सर्दै आउने हुन्छ । अहिले पनि पूर्वबाट पश्चिम हावा बहिरहेको छ । मनसुन विथड्रल हुन अझै केही दिन लाग्छ ।’

विभागका अनुसार हाल बंगालको खाडीमा विकासित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा छ । त्यो चापी क्षेत्र सर्दै जाने भएकाले नवमीको दिनदेखि नेपालमा प्रभाव देखिने भएपछि मनसुनी वर्षा सक्रिय हुने देखिएको हो ।

नवमीको दिन देशभर आशिंकदेखि सामान्यता बदली रहने र प्रदेश १, मधेश, वाग्मती र गण्डकी प्रदेशहरुका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा चट्याङसहित हल्ल्कादेखि मध्यम वर्षाको सम्भावना हुने प्रक्षेपण गरिएको छ ।

विजया दशमीको दिन गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् हुमागाईंले बताउँदै दसैं हिलाम्मे हुन सक्ने बताए ।

२० गते बिहीबार एकादशीका दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहको जनाएको छ ।

विभागले यी दिनहरुमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । यस्तै, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगयतका क्षेत्रहरु प्रभावित हुन सक्ने भएकाले आवश्यकता सतर्कता अपनाउनका लागि विभागले अनुरोध गरेको छ ।

यो वर्ष नेपालमा मनसुनको उच्च रुपमा सक्रिय हुने समयमा नै कम वर्षा भएको थियो । जुनदेखि सेप्टेम्बरमा नेपालमा मनसुन हुने गरेपनि जुलाई र अगस्ट धेरै पानी पर्ने महिनामा पर्छन् । जुलाईमा औसत ४८३ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेपछि यस वर्ष ३२५ दशमलव ८ मिलिमिटर मात्रै मापन गरिएको थियो ।

अगस्टमा पनि औसतमभन्दा आधार वर्षा भएको थियो । अगस्टमा औसत ४४० दशमलव ३ मिलिमिटर औसत वर्षा हुनुपर्ने भएपति त्यो नभएको विभागले जनाएको छ । मनसुनको उच्च समयमा पर्याप्त मात्रामा पानी नपर्दा गर्मी ह्वात्तै बढेको थियो भने केही स्थानमा वर्षा नहुँदा खडेरी परेको जस्तो देखिएको थियो ।

यो वर्ष औसतभन्दा धेरै नै वर्षा हुने अपेक्षा गरिएपनि मनसुनी ट्रफमध्ये भारतमै धेरै समय भएकाले नेपालतिर राम्रोसँग पानी नपरेको मौसमविद्हरुले बताएका छन् ।

प्रकाशित : आश्विन १५, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?