कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ : पूर्वराजा शाह

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् । दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको बताएका हुन् ।

संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ : पूर्वराजा शाह

‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ‚’ उनले भनेका छन्‚ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ । नेपाली निरन्तर देशी-विदेशीहरूको क्रिडास्थल भयो भन्ने पनि जनगुनासो रहेको छ ।’

भ्रष्टाचारले गर्दा समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको भन्दै सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको बताएका हुन् । ‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ; सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ‚’ उनले भनेका छन् ।

विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लैजाने अवस्था बनेको भन्दै उनले आफूहरूको कुनै कार्यले देश कहिले पनि हार्न नहुने बताएका छन् ।

प्रकाशित : आश्विन १४, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?