कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
लाल मोहम्मद हत्या प्रकरण 

'पेस्तोल व्यवस्थापन' गर्नेसहित ३ जना पक्राउ

मातृका दाहाल

काठमाडौँ — लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको हो । 

'पेस्तोल व्यवस्थापन' गर्नेसहित ३ जना पक्राउ

पेस्तोल व्यवस्थापन गर्ने मोहम्मदलाई गत शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी मकवानपुरकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले घटनाको केही दिनदेखि रेकी गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले मधेस प्रदेशबाट अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिबारे जानकारी दिने बताएको छ ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।

हाल डिल्लीबजार कारागारमा रहेका बाराका इल्ताफ हुसेन अन्सारी, रसुवा कारागारमा रहेका उदय सेठ्ठी र विगतमा उनीहरूसँगै सक्रिय आपराधिक व्यक्तिको योजनामा घटना घटाइएको आशंकामा अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । मृतक लाल मोहम्मद अन्सारी विगतमा जाली नोट कारोबार र व्यक्तिहत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति थिए ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १४, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?