कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा एमालेको सचिवालय बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बिहीबार साँझ पार्टीको केन्द्रीय सचिवालयको १३औं बैठक सुरु भएको छ।

नेकपा एमालेको सचिवालय बैठक सुरु

बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने बताइएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रत्यक्षतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गरेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार छनोटबारे छलफल तीव्र पारेका छन् । प्रत्यक्षतर्फ यही असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता (मनोनयन) गर्न निर्वाचन आयोगले समय दिएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?