कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राप्रपासँग एकतापछि मिश्रले भने- 'पार्टीभित्र बखेडा झिक्दैनौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए ।

राप्रपासँग एकतापछि मिश्रले भने- 'पार्टीभित्र बखेडा झिक्दैनौं'

साथै क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका थिए । 'हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन,' नेता मिश्रले भनेका छन् ।

नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रसंग निकाल्दै उनले नेताको व्यक्तित्वलाई प्रचार गर्नु आवश्यक रहेको बताएका थिए ।

विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए । यस

यसैबीच नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले 'ल्यान्ड पावर' भन्ने गरेको उनको भनाइ थियो ।

मिश्रले नेपालको पछिल्लो राजनीति विकृत बन्नुको पछाडि 'वामवाद' र धर्मान्तरको प्रमुख भूमिका रहेको आरोप लगाएका थिए । 'वामवाद'ले गर्दा सौहार्दपूर्ण रुपमा बसेको समाजलाई विकृत बनाएको र जातजातिलाई विभाजित गर्ने काम गरेको पनि उनले आरोप लगाए ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा शंख-घण्ट बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता भएको छ । विवेकशील साझा पार्टी बाट राजीनामा दिएपछि मिश्रले आफू निकट समूहलाई राप्रपासँग एकता गराएका हुन् । बुधबार एकता घोषणा सभाबाट मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?