जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

देवनारायण साह

मोरङ — जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।

खस समावेशी राष्ट्रिय पार्टीका तत्कालीन अध्यक्ष कार्कीले १० वर्ष अगाडि जसपामा समाहित गरेका थिए । जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनले पार्टी परित्याग घोषणा गरेका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?