राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

रासस

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । 

आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो ।

दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्

‘नेपाली कलाकार सहयोगी’

रासस

दार्चुला — भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । असोज २१ देखि प्रदर्शन मिति तोकेको फिल्मको मंगलबार ट्रेलर सार्वजिनक गर्ने कार्यक्रममा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताइन् ।

‘नेपालमा पहिलो काममा नै राम्रो अनुभव संगालेकी छु । मलाई सम्पूर्ण टीमले सघाउँदा काम गर्न सजिलो भयो,’ उनले भनिन्, ‘छायांकनकै क्रममा नेपाली भाषासमेत सिकें ।’ फिल्ममा उनले भुटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका खेलेकी छन् ।

उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताए । ‘उगेनजीसँगै हाम्रो बजार भुटानमा केही भए पनि विस्तार हुन्छ । साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामार्फत प्रवर्द्धन हुन्छ,’ उनले भने । फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राईले राम्रो विषयवस्तु उठान गरिएको बताए ।

कार्यक्रममा निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको बताए । ‘हामी आफ्नै कथालाई फिल्मी शैलीमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माणमा जुटेका थियौं । यसले मित्रता र मायासँगै सामाजिक विषयवस्तुलाई उठान गरेको छ,’ निर्देशक लामाले भने । कार्यक्रममा फिल्मका कलाकारहरु उपासना सिंह ठकुरी, पुष्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्मातामध्येका गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थिति थियो ।

प्रकाशित : आश्विन ११, २०७९ २१:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×