कांग्रेसको चुनाव प्रचार समिति संयोजकमा महत

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचन लक्षित नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकमा पार्टीका प्रवक्ता प्रकाशशरण महत मनोनित भएका छन् ।

कांग्रेसको चुनाव प्रचार समिति संयोजकमा महत

सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को केन्द्रीय प्रचार प्रसार समितिको संयोजकमा महतलाई मनोनित गरेका हुन् ।

महत पार्टीका प्रवक्तासमेत हुन् । मंगलबार सभापति देउवाले नेता महतलाई पार्टीको चुनाव प्रचार समितिको संयोजकमा मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : आश्विन ११, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?