कांग्रेस पदाधीकारी बैठक बालुवाटारमा बस्दै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस पदाधीकारी बैठक बालुवाटारमा बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठक मंगलबार दिउँसो बस्न लागेको एक पदाधीकारीले जानकारी दिए ।

बैठकमा समानुपातिक बन्द सूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ ।

यसअघि मंगलबार बिहान नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको बताइएको छ ।

आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ । विशेषगरी, शेखर कोइराला पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।

प्रकाशित : आश्विन ११, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

बैंकमा बढ्न थाल्यो निक्षेप, २ सातामा ६७ अर्ब थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।


त्यसअघिको साता वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । यसरी हेर्दा पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूमा मात्र ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघको तथ्यांक छ ।

हिन्दुहरूको महान चाड दसैं र तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब भत्ता, दसैं बोनसलगायतमा सरकारी खर्च बढेकाले पछिल्ला साताहरूमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार भएको जानकारहरू बताउँछन् ।ँछन् ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

पछिल्ला साताहरूमा निक्षेप आशातित रुपमा बढे पनि कर्जा प्रवाह भने अपेक्षित रुपमा सुधार हुन सकेको छैन । लामो समय देखिको तरलता समस्या समाधान नभएकाले अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेका छन् । यही कारण पनि कर्जा विस्तार कम देखिएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रुपैयाँ छ । एक साता अघि (गत भदौ ३१ मा) ती बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्छ ।

प्रकाशित : आश्विन ११, २०७९ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×