विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा बेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी छन् । काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जीम म्यारिसन भने आधार शिविरमा फर्किसकेका छन् । ‘जीम सकुशल आधार शिविर फर्किसके ।

विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा बेपत्ता

‘हिलारी मनाङतर्फ पर्ने भीमथाङतर्फ हराइरहेकी छन्,’ प्रबन्ध निर्देशक घिमिरेले कान्तिपुरसँग भने । उनले आफ्नो कम्पनीबाट शरदकालीन मनास्लु आरोहणमा गएका अन्य सदस्य तथा शेर्पाहरु सकुशल रहेको बताए ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

प्रकाशित : आश्विन १०, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?