१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु भएको छ । मौसम खराबीका कारण दिनभर हेलिकप्टर हिमपहिरो खसेको क्याम्प ३ र ४ को बीचमा पुग्न सकेको थिएन । अपराह्न करिब साढे ५ बजे हिउँपहिरोमा घाइते भएका १ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । 

मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु

तेस्रो आधार शिविरबाट एक जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर सामागाउँ ल्याएको उनले बताए । उनलाई हेलिकप्टरमार्फत काठमाडौं उपचारका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । हिमपहिरोमा फसेका अन्यको पनि उद्धार प्रयास भइरहेको लामिछानेको भनाइ छ ।

आधार शिविरमा रहेका आरोहण दलका सहयोगीका अनुसार हिमपहिरोमा परी चार जना सख्त घाइते छन् । हिमपहिरो खसेको ठाउँमा हेलिकप्टर पुग्न नसकेपछि नजिकै क्याम्पमा रहेका शेर्पाहरुले हिमपहिरोमा फसेकाहरुको उद्धारमा खटिएका छन् । उद्धारका लागि सिम्रिक र कैलाश एयरको हेलिकप्टर सामागाउँ पुगेका छन् । हिउँमा फसेकाहरुको अवस्थाबारे भने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १०, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?