२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राष्ट्रपतिको गैरसंवैधानिक कदम : गृहमन्त्री खाँण

माधव ढुंगाना

भैरहवा — प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटकसम्म पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी थन्क्याउनु राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक कदम भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।  

राष्ट्रपतिको गैरसंवैधानिक कदम : गृहमन्त्री खाँण

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा नेपाली कांग्रेसले स्थापना गरेको सम्पर्क कार्यालय सोमबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदमसमेत भएको आरोप लगाए । ‘सरकारले संविधानको पालना गर्दै पहिलोपटक राष्ट्रपतिबाट फिर्ता भएको विधेयक दुवै सदनमा छलफल गराई पास गरेर पुन: प्रमाणीकरणका लागि पठाएको हो,’ उनले भने, ‘फेरि पनि प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदममात्रै नभएर नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथिसमेत कुठाराघात भएको छ ।’

राष्ट्रपतिजस्तो सम्मानित संस्थाले संविधानविपरीत काम गर्नु मुलुकको लोकतान्त्रिक व्यवस्था र नागरिकले प्राप्त गरेको उपलब्धि माथिको प्रहारसमेत भएको उनले बताए ।

संविधानभन्दा माथि कोही पनि हुन नसक्ने र संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको उनले बताए ।

असंवैधानिक कदमले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउने दाबी उनले गरे । राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएकाले प्रमाणीकरण नगर्नुको कारण भए संविधानको धारा, उपधारासमेत उल्लेख गर्न मन्त्री खाँणले राष्ट्रपतिलाई चुनौती दिए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?