मुख्यसचिव वैरागीलाई डेंगी संक्रमण, सिभिल अस्पतालको आईसीयूमा भर्ना

काठमाडौँ — मुख्यसचिव शंकरदास वैरागीलाई डेंगी संक्रमण भएपछि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) भर्ना गरिएको छ । वैरागीलाई शनिबार रातिदेखि सिभिल अस्पताल भर्ना गरिएको हो ।

मुख्यसचिव वैरागीको उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमणका कारण उनलाई उच्च ज्वरो आएकोले अस्पताल भर्ना गरेर आईसीयूमा राखिएको हो । 'अहिले उहाँको अवस्था सुधारोन्मुख छ,' एक चिकित्सकले भने, 'उहाँको अवस्था धेरै जटिल छैन । ज्वरो नियन्त्रणमा नआएकोले आईसीयूमा राखिएको हो ।'
सिभिल अस्पतालका निर्देशक डा. विधाननिधी पौडेलका अनुसार मुख्यसचिव वैरागीलाई संक्रमणका साथै हल्का निमोनियासहित उच्च ज्वरो देखिएकाले अस्पताल भर्ना गरेर आईसीयूमा राखिएको हो । 'अहिले उहाँको अवस्था सुधारोन्मुख छ,' उनले भने, 'उहाँको अवस्था धेरै जटिल छैन । ज्वरो नियन्त्रणमा आएको छ सबै प्यारामिटरहरु अहिले ठिक छ । भेट्न आउने मानिसहरु धेरै भएकाले थप संक्रमण हुन सक्ने जोखिमका कारण पनि आईसीयूमा राखिएको हो ।'
नेपालको मुस्ताङबाहेकका सबै जिल्लामा अहिले डेंगी संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा भने यो महामारीकै रुपमा देखा परेको छ । हालसम्म करिब २६ हजार जना डेंगीका कारण संक्रमित भइसकेका छन् भने ३२ जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस् :
दसैंमा डेंगी अझ फैलिने जोखिम
नोट : सिभिल अस्पतालका निर्देशक डा. विधाननिधी पौडेलसँगको भनाइ थप गरी यो समाचार अपडेट गरिएको छ ।