अध्यक्ष राई र पूर्वमन्त्री अन्सारीपत्नी पनि जसपा समानुपातिक सूचीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिरमा हुने आमनिर्वाचनका लागि जनता समाजवादी पार्टीले संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ र पूर्वमन्त्री असिम मियाँ अन्सारीकी श्रीमती हसिना खानसहितको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ ।

अध्यक्ष राई र पूर्वमन्त्री अन्सारीपत्नी पनि जसपा समानुपातिक सूचीमा

जसपाले उनीहरूसहित ११० जनाकै नाम सिफारिस गरेको हो । एमालेबाट तत्कालीन संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी रञ्जु ठाकुर पनि यसपटक जसपाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारको सिफारिसमा परेकी छन् ।

यस क्रममा जसपाले सुशीला श्रेष्ठ, रेखा यादव थापा क्षेत्री, सहनाज रहनाम, मञ्जु शर्मा, हसिना खान, प्रकाश अधिकारी, युवराज कार्की, रनध्वज कन्दङ्वा लिम्बू, शिवलाल थापालगायतका नाम समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको जसपाका एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगले असोज २ र ३ गते सबै दललाई समानुपातिक उम्मेदवारको बन्दसूची पठाउन समय अवधि दिएको थियो ।

प्रकाशित : आश्विन १०, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?