१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले ठूलो भूल गर्नुभयो : गौतम

रुपा गहतराज

नेपालगन्ज — ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन्  ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले ठूलो भूल गर्नुभयो : गौतम

नेपालगन्जमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको उक्त भूललाई राष्ट्रपतिले जीवनभरि पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताए ।

‘सर्वोच्च अदातले कारण देखाऊ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाऊ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो । र झुक्यो पनि । जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भूमिका खेलेका छन्,’ उनले भने,‘आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन ।’

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता गौतमले एक पटक फर्काएको विधेयक सदनले फेरि राष्ट्रपतिसमक्ष पठाइसकेपछि प्रमाणीकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए । उनले भने,‘राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफनो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तव्यको पालना हो ।’

प्रकाशित : आश्विन १०, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?