कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निर्वाचन आयोगको निर्देशनविपरीत पाँच सचिवको सरुवा

काठमाडौँ — सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरेको हो । निर्वाचन आयोगले यसअघि चुनावको मुखमा सरुवालगायत कार्य नगर्न सरकारलाई निर्देशन दिएको थियो । त्यही कारण सरकारले यो निर्णयलाई गोप्य राखेको छ । 

निर्वाचन आयोगको निर्देशनविपरीत पाँच सचिवको सरुवा

सरकारका प्रवक्ता एवम् सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दा त्यो निर्णय सार्वजनिक गरेनन् । आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई ध्यानमा राखेर दिइएको निर्देशनविपरीत सरकारले सचिव सरुवा गरेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?