३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विद्युतीय सुशासन आयोगको सीईओमा विष्ट नियुक्त

काठमाडौँ — विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञको रुपमा काम गर्दै आएका उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

विद्युतीय सुशासन आयोगको सीईओमा विष्ट नियुक्त

कार्यालयले सो पदका लागि आवेदन मागेको थियो । त्यसमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । प्रधानमन्त्री अध्यक्ष हुने आयोगको सीईओमा सूचना प्रविधि विज्ञका रुपमा काम गर्दै आएका विष्ट नै छनोट भएका हुन् ।

विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश–२०७९ अनुसार आयोगको अध्यक्षमा प्रधानमन्त्री हुने व्यवस्था छ । मुख्य सचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री आयोगको सहअध्यक्ष हुन्छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि सचिव सदस्य हुन्छन् ।

प्रकाशित : आश्विन ९, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?