कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सभामुख र उपसभामुखको पदावधिसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो कारण

काठमाडौँ — सभामुख र उपभामुखको पदावधि कहिलेसम्म भन्ने विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले सभामुख र उपसभामुखको कार्यावधिबारे कारण माग गरेको छ । 

सभामुख र उपसभामुखको पदावधिसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो कारण

सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाल सकिएको तर पदीय हैसियतमा रहिरहेको भन्दै पदमुक्त गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । तर आइतबार न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश भने दिएन ।

'प्रतिनिधिसभाको सम्माननीय सभामुख र उपसभामुखको पद प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित भई मिश्रित निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूची मिति २०७९ असोज २ देखि ३ सम्म सम्बन्धित दलहरूले निर्वाचन आयोगमा पेस गरी सकेपछि संविधानको धारा ९१ को उपधारा ६(क) को व्यवस्था आकर्षित हुने वा नहुने भन्ने सम्बन्धमा व्याख्या गर्नुपर्ने देखिएको र यस सम्बन्धमा निवेदकलाई अपूरणीय क्षति हुने अवस्था विद्यमान नदेखिएकाले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,' आदेशमा भनिएको छ । उक्त रिट निवेदनलाई अग्राधिकार भने दिइएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?