कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
मन्त्रिपरिषद् बैठक

सत्यमोहनलाई नर्स, व्याकुललाई ५० हजार भत्ता

काठमाडौँ — सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

सत्यमोहनलाई नर्स, व्याकुललाई ५० हजार भत्ता

जोशी विगत केही दिनदेखि डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । उनी मुटु तथा फोक्सोका रोगी हुन् । पछिल्लो केही महिनायता उनी बाहिर हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि राईले सरकारबाट मासिक २५ हजार रुपैयाँ भत्ता प्राप्त गर्दै आएका थिए ।

प्रकाशित : आश्विन ९, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?