१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो [सम्झौतापत्र]

समयसीमाभित्र सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्छु : डा केसी

काठमाडौँ — सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । 

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो [सम्झौतापत्र]

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका थिए । केसी तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी थिए ।

धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेको चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । अस्पतालले स्वास्थ्य बिग्रँदै गएपछि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि डा. केसी अनशनकै १० औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । गत हप्ता सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चरण/चरणको छलफलपछि वार्ता निर्ष्कषमा पुगेको हो ।

प्रकाशित : आश्विन ८, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?