लामो समय एउटैले नेतृत्व लिने नेतालाई फाल्ने नीति भएन : कविन श्रेष्ठ

विराटनगर — लामो समय एउटैले नेतृत्व लिने राजनीतिज्ञलाई फाल्ने नीति नहुँदा समस्या भएको लेमन ट्रि प्रिमियर होटल तथा रोटरी क्लव विराटनगरका अध्यक्ष कविन श्रेष्ठले बताएका छन् ।

लामो समय एउटैले नेतृत्व लिने नेतालाई फाल्ने नीति भएन : कविन श्रेष्ठ

कान्तिपुर मिडिया ग्रुपले शनिबार एक नम्बर प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘युवा उद्यमीका अपेक्षा’ विषयक सत्रमा बोल्दै श्रेष्ठले एउटै व्यक्तिले नेतृत्व गरिरहने प्रवृत्तिलाई हटाउने गरी नीति ल्याउनुपर्ने सुझाव दिए ।

‘काठमाडौंमा २० वर्ष पुराना गाडीलाई हटाउने नीति छ,’ उनले भने, ‘हामीलाई नेतृत्व गर्ने र चयन गर्ने नेताहरुलाई फाल्ने निति छैन ।’ उनले नीति बन्दा कार्यान्वयन नहुने अर्को समस्या रहेको गुनासो गरे । ‘हामीले जत्तिसुकै नीति त्यसको कार्यान्वयन भएन भने राम्रो कुरा गरेर केही फाइदा छैन,’ उनले भने, ‘नीती बनाउनले पहिला त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ ।’

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत भिजन २०२५ भनेर १० वर्षीय युवाको योजना २०१५ अगस्ट १६ मा पेस गरेपनि कार्यान्वयन नभएको बताए । ‘१० वर्षमा युवामा परिवर्तन ल्याउने भनेर आएको निति आएको ७ वर्ष बितिसक्यो,’ उनले भने, ‘यसलाई कार्यान्वयन गर्न सकिएन ।’

२००७ सालदेखि २०७९ सालसम्म आउँदा ५१ वटा भन्दा बढी प्रधानमन्त्रीको अनुहार देखिएको भन्दै उनले स्थिर सरकार बनाएर युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?