उज्यालो पूर्व

‘ठूलो उद्योग खोल्न महिलालाई ऋण दिइन्न’

विराटनगर — वित्तीय नीतिहरू बनाउँदा सरकारले महिलालाई दोस्रो दर्जाका रूपमा व्यवहार गरेको किन्डर पिलर स्कुलकी अध्यक्ष श्रुती शर्माले बताएकी छन् । भुँइतहका महिलाको परिस्थिति नबुझिकनै नीति र प्रक्रिया बनाउँदा लक्षित समुदायले कर्जा सहुलियत लगायत वित्तीय सुविधा उपयोग गर्न नसकेको उनको भनाइ छ ।

‘ठूलो उद्योग खोल्न महिलालाई ऋण दिइन्न’

‘महिलाका लागि सहुलियत कर्जाहरूको व्यवस्था छ तर तिनमा पूर्वाग्रह देखिन्छ,’ शनिबार विराटनगरमा जारी ‘उज्यालो पूर्व’ कार्यक्रममा बोल्दै शर्माले भनिन्, ‘ब्युटी पार्लर खोल्न, कुखुरा पालन गर्न कर्जा दिइन्छ । तर, ठूलै उद्यम गर्न चाह्यो भने महिलाले कर्जा पाउन गाह्रो हुन्छ । यो तिम्रो क्षेत्र होइन भनेर पन्छाउँछन् ।’

कान्तिपुर मिडियाले आयोजना गरेको कार्यक्रमको तेस्रो सत्र ‘युवा उद्यमीका अपेक्षा’ मा शर्माले बैैंकहरूले पनि महिला उद्यमीलाई उत्प्रेरणा दिन पक्रियागत झन्झटलाई सहिजकरण गर्नुपर्ने बताएकी छन् । ‘कर्जा लिन बैैकमा जाँदा यो र त्यो नाममा अनेक प्रश्न तेर्‍साइन्छ,’ उनले भनिन्, ‘भर्खर व्यवसाय गर्ने सोच बनाएको महिलासँग पाँच वर्षे योजना नहुन सक्छ । यस्ता कुरामा सहजिकरण हुनुपर्‍यो ।’

प्रकाशित : आश्विन ८, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?