पूर्वका सहर बदलिएका छैनन्, बन्दै छन : दाहाल

विराटनगर — लेखक केशव दाहालले प्रदेश १ का सहर बन्ने क्रममा रहेको बताएका छन् । बन्दै गरेको सहरमा राजनीतिभन्दा जीवन, पेन्टिङ, नाटकको कुरामा मान्छे रमाउने उनको भनाइ छ ।

पूर्वका सहर बदलिएका छैनन्, बन्दै छन : दाहाल

लेखक दाहालले ४० वर्षअघिको पूर्व र अहिलेमा आएको परिवर्तनबारे अनुभव पनि सुनाएका थिए ।

‘पहिले पूर्वका सहरका चोकको नाम पिपलगाछी, वरगाछी, कदमगाछी हुन्थे,’ उनले भने, ‘अहिले पुष्पलाल चोक, मदनचोक, बीपीचोक बनेका छन् । यहाँका सहर बदिलिएका होइनन् बल्ल बन्दै छन् ।’ कान्तिपुर दैनिक र मोरङ व्यापर संघले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘बदलिँदा सहर’ सत्रमा उनले ४० वर्षअघि संखुवासभाबाट इटहरी झर्दाको स्मरण साझा गरेका थिए ।

‘आजभन्दा ४० वर्षअघि मेरा लागि सहर भनेको चैनपुर थियो,’ उनले भने, ‘चैनपुर आउँदा बाफरे कत्रो ठूलो घर, कति धेरै मान्छे भन्ने लाथ्यो । त्यसपछि धरान झरेँ । धरान गाडीका बच्चैबच्चा (ट्याक्सी) थिए ।’ धरानमा पहिलो पटक मोटरको हर्न बजेको सुन्दा खुब रमाइलो लागेको बताए ।

त्यो बेला धरान र आसपासका सहरमा काठका खुट्टा गाडिएका घर हुने र तलपट्टि गाईवस्तु बाँधिएको हुने उनले बताए । माथि मान्छे बस्थे । त्यो बेला कच्ची बाटोमा गोरु गाढामा सवार गरिने उनी सम्झन्छन् । ‘सिंगढा, चना खाजा खान्थ्यौं,’ उनले भने, ‘अहिले पिज्जा र बर्गर खान्छौं । अहिले गाईवस्तु पाल्दैनन् । पक्की घर बने, काठका घर हटे ।’

प्रकाशित : आश्विन ८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?