कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटेन, शनिबार फेरि बैठक

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दल सिट बाँडफाँटबारे महिनौँदेखि छलफलमा छन् । तर, सहमति जुटेको छैन । शुक्रबारको छलफलमा समेत सहमति जुटाउन नसकिएको जसपाका नेता रामसहायप्रसाद यादवले बताए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटेन, शनिबार फेरि बैठक

‘शीर्ष नेताहरूबीच छुट्टा-छुट्टै र कार्यदलसहित बसेर समेत गरी शुक्रबार पनि लामो छलफल भयो । हामीले सिटको किटान गरेर अघि बढौँ भनिरहेका छौँ, तर कुरा मिलेको छैन,’ उनले भने, ‘फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ ।’ शनिबार बिहान ११ बजेपछि पुनः छलफल गर्ने गरी बैठक स्थगित भएको उनले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेताहरू र सिट बाँडफाँट कार्यदलका सदस्यहरू सहभागी थिए ।

गठबन्धन दलले २० साउनमै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका थिए । त्यही बेला कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटको छलफल थालेका थिए । तर, अहिलेसम्म पनि गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

नेताहरूले करिब एक सय सिटमा दलहरूको एकल दाबी रहेको र त्यसबाहेकका सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा समस्या रहेको बताएका छन् । दलहरू प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचनमा गठबन्धन गर्ने प्रयासमा छन् । तर, गठबन्धन गर्दा बढी सिट लिन खोज्ने सबै दलको महत्वकांक्षाले गठबन्धनमा सिट बाँडफाँट भने मिल्न सकेको छैन ।

प्रकाशित : आश्विन ७, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?