कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

घोषणापत्रका लागि कांग्रेसले माग्यो मतदाताको सुझाव

काठमाडौँ — नेपाली कांग्रेसले घोषणापत्रमा मतदाताको सुझाव आह्नान गरेको छ । घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्न प्रविधिका विभिन्न माध्यमबाट सुझावका लागि आह्नान गरेको हो । समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

घोषणापत्रका लागि कांग्रेसले माग्यो मतदाताको सुझाव

उनले ‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर मतदाताबाट सुझाव माग गरिएको बताए ।

‘हामीले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सुझावका लागि आव्हान गरेका छौँ,’ प्रवक्ता परियारले भने, ‘ह्वाट्स एप, भाइबर, इमो लगायत विभिन्न माध्यमबाट हामीलाई घोषणापत्रमा सुझाव पठाउन मिल्छ । हामीले स्वदेश र विदेशमा रहनुहुने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली मतदाताहरूबाट सुझावको अपेक्षा गरेका छौँ ।’

विभिन्न माध्यमबाट आएका सुझावहरुलाई समितिले घोषणा तयारीका क्रममा सम्बोधन गर्ने जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?