कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

काठमाडौँ — नेपाल वातावरण पत्रकार समूहले कान्तिपुरकर्मी गोविन्द पोखरेललाई 'वातावरण पत्रकारिता पुरस्कार, २०२१' प्रदान गरेको छ । समूहको ३७ औं स्थापना दिवसको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष कसमस विश्वकर्माले पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

समूहले सन् १९८७ देखि प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा पोखरेललाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

पोखरेलले कान्तिपुरमा विज्ञान-प्रविधि, वन्यजन्तु, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन् ।


प्रकाशित : आश्विन ७, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?