कान्तिपुरकर्मी मियाँ सम्मानित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी मियाँ सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी अब्दुल्लाह मियाँ सम्मानित भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वनयजनतु संरक्षण विभागले चितवन राष्ट्रिय निुकञ्जको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार मियाँलाई सम्मान गरेको हो । पत्रकार मियाँलाई वनमन्त्री प्रदीप यादवले सम्मानपत्र प्रदान गरे ।

बाघ संरक्षणमा मिडियामार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै मियाँलाई सम्मान गरिएको हो । उनीसहित इन्दिरा अर्याल, लक्ष्मी उपाध्याय, ईश्वर जोशी र प्रगति ढकाल पनि सम्मानित भएका छन् ।

प्रकाशित : आश्विन ७, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वातावरण पत्रकार समूहले कान्तिपुरकर्मी गोविन्द पोखरेललाई 'वातावरण पत्रकारिता पुरस्कार, २०२१' प्रदान गरेको छ । समूहको ३७ औं स्थापना दिवसको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष कसमस विश्वकर्माले पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

समूहले सन् १९८७ देखि प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा पोखरेललाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

पोखरेलले कान्तिपुरमा विज्ञान-प्रविधि, वन्यजन्तु, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन् ।


प्रकाशित : आश्विन ७, २०७९ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×